निजगढ,निजगढ नगरपालिका वडा नम्बर १ सिगौलबाट वन सुरक्षाकर्मीको टोलीले शुक्रबार ३७ क्विफीट सालको काठ बरामद गरेको छ । सब डिभिजन वन कार्यालय निजगढ र डिभिजन वन कार्यालय रौतहटको संयुक्त टोलीले निजगढ नगरपालिका वडा नम्बर १ स्थित मकैबारीमा लुकाएर राखिएको बेवारिसे अबस्थामा चिरान र गोलीया काठ बरामद गरेको हो । वन सुरक्षाकर्मीको टोलीले रौतहटस्थित राष्ट्रिय वन क्षेत्रबाट स्थानीयले चोरी तस्करी गरेर गाउँमा लुकाएर राखेको अवस्थामा काठ बरामद गरेको हो ।

निजगढ सब डिभिजन वन कार्यालयका प्रमुख रघुनाथ दासले दिएको जानकारी अनुसार सखुवाको चिरान काठ २९ दशमलब ५५ र ७ दशमलब ५५ क्विफीट दुई थान सालको गोलीया काठ बरामद गरी थप कारबाहीको लागि डिभिजन वन कार्यालय रौतहट पठाइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here