नरेश गुप्ता

बरियारपुर,ईलाका प्रहरी कार्यलय जीतपुरबाट खटेको प्रहरी टोलीले लागुऔषधसहित २२ बर्षिय एकजना युवकलाई पक्राउ गरेको छ ।

चेक जाँच गर्ने क्रममा वीरगन्जबाट जीतपुरतर्फ आउदै गरेको बा. ५१ प. ८३७५ नम्बरको मोटरसाइकबाट जिल्ला मकवानपुर कैलास गाउँपालिका वडा नम्बर ९ घोरङ बस्ने अन्दाजी वर्ष २२ को नबराज तामाङलाई लागुऔषध सहित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ वडा कार्यालय अगाडिबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनु भयो ।

प्रहरीले तमाङ्गले बोकेको झोलाबाट डाईलेक्स डि सि १०० एम एल बराबरको १ सय १० बोतल बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित नियन्त्रणमा रहेको युवकलाई लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here