इात्र मानिसले गर्नु नै पर्दछ । कुनै न कुनै कारणले यात्रा गर्नु नै पर्दछ तर यात्रा गर्दा गन्तव्यसम्म मानिस कतिपय अवस्थामा पुग्न पाएका छैनन् । हुनत सवारी दुर्घटनाको कुरा गर्दा हाम्रो जस्तो सानो देश भयौं, नेपालमा मात्र यो समस्या छैन ।विश्वका कयौं सम्पन्नशाली भनिएका देशहरुमा पनि भयानक सवारी दुर्घटना हुने गर्दछ र यसले मानवीय क्षति हुने गरेको कुरा पनि सार्वजनिक हुने गर्दछ तर नेपालमा सवारी दुर्घटनाको तथ्यांक सरसर्ती हेर्ने हो भने काहालीलाग्दो छ । अन्य कारणले भन्दा सवारी दुर्घटनाका कारण धेरै मानवीय क्षति भएको देखिन्छ ।
प्रहरीसँग भएको विवरणले मधेशको अवस्था पनि निकै खराब देखाउछ । सबैलाई थाहा भएकै कुरा हो, नेपालको भूगोल समान छैन । पहाड वा हिमालको भागमा त सवारी दुर्घटना पनि सडकका कारण भयो भनौं तर तराई मधेशमा त पहाड र हिमालको तुलनामा डरलाग्दा सडक पनि त छैनन् । समथर भूभाग छ । सिधा नै सडक संजाल छ तैपनि दिनमा एउटा सवारी दुर्घटना नभएको भन्ने नै छैन । कुनै न कुनै दिन सवारी दुर्घटनाले मानिसले ज्यान लिएकै देखिन्छ ।

त्यसो त सडकको समस्या नै छैन पनि नभनौं तर तुलानात्मक रुपमा तराई मधेशमा राम्रो छ भन्न मात्र खोजिएको हो । केही वर्ष अगाडिसम्म वीरगञ्ज पथलैया सडकखण्डको अवस्था त्यस्तै थियो । यहाँ सडक दुर्घटना नभएको दिनै हुन्थेन । यो सडकको अवस्था अहिले निकै सुधार छ । अब यसमा दुर्घटना भयो भने त्यत्तिको सडकमा चैं सडक दोषी हुदैछ तर पूर्व पश्चिक सडक भने ब्यापक बनाउन आवश्यक छ । कम्तीमा वीरगञ्ज पथलैया जस्तो सडक बनाऔं अनि सडक दुर्घटनाको अवस्था हेरौं । मुख्य कुरा सडक नै चौडा आवश्यक छ । सवारी दुर्घटना नियन्त्रणका लागि सबै पक्ष सचेत बन्न पनि उत्तिकै आवश्यक भने देखिन्छ ।हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. सिमरा, बाराको

Leave a Reply