नरेश गुप्ता

बरियारपुर – बाराको प्रमुख जिल्ला  अधिकारी  रुद्र प्रसाद पंण्डितले कोरोना भाईरसबाट बच्न जिल्ला अस्पताल  कलैया र सिमानाका मटिर्वामा अवस्थित  हेल्थ  डेस्कमा स्वास्थ  सतर्कता  अपनाउन  आईतवार  निर्देशन  दिनु  भएको छ । प्रजिअ पंण्डित बारामा आईतवार  उपस्थित भएकै दिन  सर्वप्रथम  कोरोना कोभिड १९ सक्रमणबाट जोगिन जिल्ला  अस्पताल  कलैया तथा सिमानाका मटिर्वामा संचालन रहेको हेल्थ डेस्कको अनुगमन  गरि स्वास्थ्य  सतर्कता  प्रभावकारी  बनाउन  निर्देशन  दिनु भएको थियो ।

 

 

 

 

 

कोरोना कोभिड १९ बाट बच्न कलैया अस्पतालले तयारी गरेको समान्य  प्रारम्भिक  अवस्थाको बिषयमा कृपा दैनिकमा  प्रकाशीत समाचारको प्रभावले कलैया अस्पतालले कोरोना भाईरसबाट बच्न करेन्टटाइम , आईसोलेसन बेड , सेन्टिलाजर , मास्कको ब्यवस्थापन  गर्न  बारा क्षेत्र नम्बर ३ को माननीय सभासद रामबाबु यादव र प्रदेश सभासद  पारस साहले कलैया अस्पतालको मेडिकल  सुपरिटेन्डेन्ट संगको बिशेष  छलफलबाट कोरोना भाईरस बाट संक्रमितको लागि पुर्व तयारी तथा ब्यवस्थापनको लागि आफ्नो संसदिय बिकास कोष बाट कोरोना भाईरसको लागि खर्च गर्ने माननीय  सभासद यादवले प्रतिबद्धता  जाहेर गर्नु भएको थियो ।

 

 

 

 

 

 

प्रमुख जिल्ला  अधिकारी  पंण्डितले कलैया अस्पताल  लगायत सिमा नाकामा आवतजावत गर्ने  भारतिय र नेपाली नागरिकको चेकजाँचमा निगरानी  बढाउन निर्देशन  दिनु भएको थियो । कोरोना भाईरस  कोभिड १९ बाट नडराउन आफ्नो स्वास्थ  सतर्कता  अपनाउन सेन्टिलाईजर ,मास्क प्रयोग गर्न स्थानियहरुलाई जानकारी  गराईएको थियो । अनुगमनको क्रममा राष्ट्रिय  अनुसन्धान प्रमुख बिमल  खडका , सशस्त्र  प्रहरी  उपरीक्षक  दिग बिजय सुवेदी , बारा प्रहरी  प्रमुख कृष्ण  पंगेनी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply