कलैया,बाराको बारागढी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर २ बस्ने ४२ वर्षीय छठु चौधरी रहेको प्रहरीले जनाएको छ ।
गाउँपालिका– २ स्थित बिसनपुर्वास्थित सडकमा बा ४४ प ८५४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चौधरीको मंगलवार बिहान मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि एलएस न्यूरो अस्पताल परवानीपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


















