कलैया,बारा र पर्सामा अघिल्लो आर्थिक वर्ष ०८०-८१ मा प्रहरीले १० थान विभिन्न किसिमका १० थानअवैध बन्दुकहरु र २० थान गोलीबरामद गरेको छ।बारा जिल्लाबाट भरुवा बन्दुक एक थान, एउटा रिभल्वर र पाँचवटा कटुवा पेस्तोल गरि सात थान बन्दुक बरामद भएको छ भने पर्साबाट कटुवा पेस्तोल– दुई थान, मेडईन युएसए लेखिएको एक थान पेस्तोल गरि तीन थान बन्दुक बरामद भएको हो।

बारा र पर्सा जिल्लाबाट प्रहरीले बन्दुक र गोलीसहित मानिसहरुलाई पनि पक्राउ गरेको छ।पर्सा प्रहरीले बन्दुक र गोलीसहित बितेको आर्थिक वर्षमा ६ जना पुरुषहरुलाई पक्राउ परेका छन ।पक्राउ परेका मध्ये चार जनामाथि मुद्दासमेत दर्ता गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिनुभयो । बाराबाट बन्दुकसहित पक्राउ परेकामाथि पनि प्रहरीले मुद्दा दर्ता गरेको छ।

बारा जिल्लामा गत आर्थिक वर्षमा दिनदहाडै कलैयामा दुई जनामाथि गोली प्रहार गरि हत्या भएको थियो। गत वर्ष कार्तिक १३ गते बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्या भएको थियो।उनको हत्यामा भारतीय अपराधिहरुको संलग्नता रहेको थियो। यस्तै, गत जेठ ३२ गते पनि कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरिएको थियो। दुबै हत्यामा संलग्न रहेका अधिकांश आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बारामा अपराधिक घटनाहरु बढेको तथा हतियार पनि बरामद गरिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभएको छ । उहाँले भारतसित खुल्ला सिमानाका कारणले पनि उताबाट हतियार लिएर आएर जिल्लामा अपराधिक घटनाहरु हुने गरेको बताउनुभयो । अपराधिक घटनाहरु कम गर्न र हतियार नियन्त्रणमा लिनको लागि सिमानाकामा जाँचमा पनि कडाई गरिएको उहाँले बताउनुभयो ।त्यसैगरी पर्सामा पनि बितेको आर्थिक वर्षमा बन्दुकहरु अपराधिक घटनाहरुमा वृद्धि भएको र हतियार पनि बरामद भएको पर्साप्रहरीले जनाएको छ ।

Leave a Reply