महागढीमाईमा मेयर गोल्ड कप फुटबल प्रतियोगीताको तयारी पूरा
दिपेन्द्र जयसवाल
गन्जभवानीपु,बाराको महागढीमाई नगपालिका वडा नम्बर ५ मा रहेको बौधीमाई खेल मैदान बगडमपुरमा लियो क्लब अफ गंजभवानीपुरको आयोजना र महागढीमाई नगपालिकाको आर्थिक सहयोगमा संचालन गर्न लागिएको मेयर गोल्ड कप फुटबल प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको जनाइएको छ ।

आयोजक समितिले सोमवार बौधीमाई खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरी यही जेठ १९ गतेदेखि २७ सम्म हुने प्रतियोगिताको तयारी पुरा भएको महागढीमाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवम् महागढीमाई नगरपालिकाको नगर प्रवक्ता गजेन्द्रकुमार जयसवाले जानकारी दिनुभयो ।
कुल आठ वटा टिमले खेल प्रतियोगीता भाग लिने सो पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । क्लबका अध्यक्ष चन्दन साह सोनारको अध्यक्षता सम्पन्न सो पत्रकार सम्मेलनमा विजयी टिमलाई एकलाख रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण पत्रका साथै उपविजेता टोलीलाई पच्चीस हजार रुपैयाँमा प्रदान गरिने बताइएको छ ।पत्रकार सम्मेलनमा वडा सदस्य सियारामप्रसाद यादव, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बगडमपुरका निमित्त प्रधानध्यापक सरोजकुमार पासवान, समाजसेवी राधाकृष्ण जयसवाल, क्लबका पदधिकारीहरु लगायत सञ्चारकर्मीहरुको विशेष उपस्थिति रहेको थियो ।


















