हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) विजेतालाई पुरस्कार दिने निर्णय गरको छ । नगरकार्यपालिकाको आजको बैठकबाट स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य विजेतालाई ५० हजार नगद पुरस्कार घोषणा गरिएको मेयर हरिबहादुर महतले बताउनुभयो ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा मकवानपुर निवासी खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कास्य नेपाललाई दिलाएका थिए । करातेमा महसुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सञ्जीवकुमार ओझा र निशा दर्नालले स्वर्ण पदक जितेका थिए । शिलु डंगोलले उसु, माया स्यांतान र निकेश मगर बास्केटबल तथा ह्यान्डबलमा देवकुमारी बा“स्कोटाले रजत पदक जितेका थिए । कास्य पदक जित्नेमा करातेमा रीता कार्की, उसुमा हरिप्रसाद गोले, खोखोमा राजन बल तथा बक्सिङमा पुरन राई र विकास लामा छन् । उनीहरुलाई एक कार्यक्रमका विच नगद पुरस्कार दिने मेयर महतले वताउनुभयो ।
मेयर महतले मकवानपुरे खेलाडीले राम्रो खेलेकोमा वधाइ दिदै पुरस्कृत गर्ने वताउनुभयो । ‘मकवानपुरका खेलाडीको प्रदर्शन अत्यन्त सुखद् देखियो,’ उहाँले खेलक्षेत्र विकासका लागि नगरपालिका लागिरहेको बताउ“दै खेल विकासका लागि काम गरिने प्रतिवद्धता जनाउनुभयो ।
मेयर महतले नगरपालिका खेलकुदको दीर्घकालीन विकासका लागि नीतिगत्रुपमा लागिरहेको वताउनुभयो । रंगशाला एवम् स्थानीय तहमा खेलमैदान स्थापना र व्यबस्थापन, सबै विद्यालयमा खेलमैदानको व्यबस्था र कभर्डहल निर्माण गरिने वताउनुभयो । प्रदेश मन्त्रिपरिषद् बैठकले पनि सागका प्रदेशका स्वर्ण पदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । खेलाडीलाई प्रोत्साहन गर्न उनीहरुलाई नगद पुरस्कार दिन लागिएको हो ।