हेटौंडा – मकवानपुरको मनहरीमा आरक्षको मिलाेमताेमा खोला दोहन भइरहेको छ । स्थानीय सरकारले वातावरणीय प्रभाव मुल्याङकन (आईई) गरेको स्थानमा समेत उत्खनन् गर्न नदिने तर, पर्षा वन्यजन्तु आरक्षका वाडेनको मिलाेमताेमा अवैध रुपमा कर संकलन गरिएको पाइएको हो ।
मनहरी खोला र यसक्षेत्रको रापती खोलामा ट्याक्टरमा ग्राभेल लैजानका लागि पनि खोलैभरी खाल्डा पारिएको छ । खोला दोहन बषौ अगाढी देखिबाट उत्तिकै छ । मनहरी गाउँपालिकाले आईई गरेको भएपनि दुईवर्ष देखि खोलामा उत्खनन् गर्न आरक्षले दिएको छैन । तर, मनहरीका क्रसर उद्योगसंगको मिलाेमताेमा प्रत्यक ट्याक्टरबाट अवैधानिक रुपमा रसिद काटेर आरक्षले कर संकलन गरेको छ ।
आरक्षका कर्मचारीले ट्याक्टरबाट संकलन गरेको कर संकलन नर्गका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले निर्देशन दिनुभएको छ । जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख समेत रहनुभएका रघुनाथ खुलालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा पनि आरक्षाका कर्मचारीले अवैध रुपमा कर संकलन गरिएको पाइएको हो ।
घर निर्माण गर्ने नाममा ट्याक्टरमा पर्षा वन्यजन्तु आरक्षले रसिद काट्दै आएको छ । तर, ट्याक्टरमा ल्याइएको सामान मनहरीका क्रसर उद्योगमा झार्ने गरिएको छ । बषौदेखि आरक्षका वाडेनको मिलेमहतोमा अवैध रुपमा कर संकलन गरिएको समन्वय प्रमुख खुलालले वताउनुभयो ।
स्थानीय तहलाई उत्खनन् गर्न रोक लगाउने र आफु अवैध रुपमा पर्षा वन्यजन्तु संरक्षण समितिको नाममा अवैध कर संकलन गरिएकाले यदी वैध रुपमा संकलन गरिएको भएमा सक्कल कागजात सहित उपस्थित हुनका लागि प्रमुख जिल्ला अधिकारी भट्टले निर्देशन दिनुभएको छ । तर, त्यसबेला सम्म कर संकलन गर्ने काम रोक्नु पर्ने निर्देशन पनि दिनुभयो ।
आईई गरेको स्थानमा समेत पर्षावन्यजन्तु आरक्षका कारण खोला उत्खनन् गर्नका लागि समस्या भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । वैध रुपमा कर संकलन गर्न नदिने तर, आरक्षले जसरी जहाँ पनि उत्खनन् गरेका ट्याक्टरबाट रसिद लिएर क्रसरमा सामान लैजान दिने गरेको उहाँले वताउनुभयो ।