निजगढ – बागदेव दुग्ध उत्पादक सहकारी संघको आयोजनामा असल दुध उत्पादन अभ्यास तालिम आइतबारबाट शुरु भएको छ । बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको सभा हलमा शुरु भएको सो तालिममा संस्थामा आवद्ध निजगढका १० वटा शाखाबाट ५० जना किसानको सहभागिता रहेको छ ।
३ दिन सम्म चल्ने सो तालिमा नेपाल सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा केन्द्रीय दुग्ध सहकारी संघको सहयोगमा आयोजना गरिएको हो । तालिममा विषय विज्ञ हेमचन्द्र जैसवाल लगायतले किसानलाई दुग्ध उत्पादन सम्बन्धि आवश्यक सिप र ज्ञान प्रदान गर्ने बताइएको छ । संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षमा भएको सो तालिम उदघाटन कार्यक्रममा प्रमुख अतिथिमा संस्थाका पुर्व अध्यक्ष नारायण प्रसाद गौतम, कृष्णप्रसाद बन्जारा रहनुभएको थियो ।