अनिल तिवारी
सिमरा – जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा आयोजीत श्रीमदभागवत सप्ताह पितृमुक्ति ज्ञान महायज्ञको चौथो दिन सम्म ३ लाख नगद संकलन भएको छ । गढिमाई तथा सिद्धेश्वर महादेव वन वाटिका सेवा समितिको आयोजनामा सिमरास्थित सम्झौटा टोलमा आयोजीत यस सप्ताहमा विभिन्न दाताहरुबाट नगद स्वरुप ३ लाख नगद संकलन भएको आयोजक समितिका संयोजक अमृतलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
सिमराको सम्झौता टोलमा रहेको गढिमाई तथा सिद्धेश्वर महादेव मन्दिरको प्राङ्गणमा हुने महायज्ञ माघ २२ गतेसम्म चल्नेछ । महायज्ञमा युवा पण्डित सुदर्शन चालिसेले कथा वाचन गर्दै आउनुभएको छ । मन्दिर आसपासको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको महायज्ञ मुल आयोजक समारोह समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । महायज्ञको अध्यात्म कल्याणकारी समाज नेपालले संयोजन गरीरहेको छ । महायज्ञमा प्रत्येक दिन पुजन हवन पाठपारायण, कथा वाचन, महात्म्य कथा, भजन कीर्तन, झाकी प्रदर्शन गरीदै आइएको छ ।
महायज्ञको २१ गते तिलार्चन तथा लाखबत्ती प्रज्वलन तथा माघ २२ गते पुर्णहुती तथा यज्ञ विसर्जन गरिने आयोजकले जनाएको छ । महायज्ञमा ब्रतबन्ध, तुलादान, पञ्चमीब्रत, जग्गादान, अन्नदान, पितृको फोटो राख्ने व्यवस्था आदी गर्न सकिने संयोजक श्रेष्ठले बताउनुभयो । साथै वस्तुको मुल्यांकन अनुसार सम्मान गर्ने कार्यक्रमपनि रहेको उहाँले जानकारी दिनुभयो ।