नरेश गुप्ता
बरियारपुर – महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले सहकारी उत्पादनमुखी हुनु पर्ने बताउनु भएको छ । बाराको महागढीमाई १ स्थित महागढीमाई बचत तथा त्रण सहकारी संस्था लिमिटेडको उदघाटन समारोहलाई सम्बोधन गर्दै वहाले यस्तो बताउनु भयो ।
सहकारीको एन निति अनुरुप लाभांशको १० प्रतिशत समाजिक बिकास तर्फ खर्च गर्नु पर्नेमा जोड दिनु भयो । सहकारीको लगानी उत्पादनमुखी भए मात्र गरिबी हटने वहाले बताए । सहकारीले स्थानिय तह संग सहकार्य गरि कृषि , स्वास्थ , शिक्षामा लगानी गर्नु पर्नेमा वहाले आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै बारा जिला बचत तत्गा त्रण सहकारी लिमिटेड बाराको अध्यक्ष सत्येन्द्र ठाकुरले सहकारीले आफ्नो सिधाान्त अनुसार लगानी लगाउनु पर्ने बताए । देशको अर्थतन्त्रमा सहकारीको ठूलो भुमिका रहेको बताउदै सहकारीलाई हरेक क्षेत्रमा लैजाउनु पर्नेमा जोड दिनु भएको थियो । सहकारीको आफ्नै सात वटा सिधाान्त रहेकोले सोही अनुरुप अगाडि बढनु पर्ने वहाले बताए ।
महागढीमाई बचत तथा त्रण सहकारी संस्था लिमिटेडको अध्यक्ष धन्नजय साह लहेराको अध्यक्षतामा समपन उदघाटन सत्रमा वडा अध्यक्ष बिरेन्द्र चौरसिया , संचारक्रमी नरेश गुप्ता ,रंन्जित कुश्वाहा पुरुषोत्तम कुश्वाहा , संतोषी चौरसिया , पुनदेव चौधरी लगायतले संस्थाको प्रगतिको कामना गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य असर्फी शाह र संचालन राजकुमार कुश्वाहाको रहेको थियो ।