वीरगञ्ज,नेपाल पत्रकार महासङ्घ पर्साको सभाकक्षमा नवनिर्मित पुस्तकालयको बुधवार उद्घाटन गरिएको छ ।पत्रकार महासङ्घ पर्सा शाखाको सभाकक्षमा वीरगञ्ज लेडिज सर्कलको डेढ लाख रुपैयाँको लागतमा पुस्तकालय निर्माण भएको हो । उक्त पुस्तकालयको बिहीवार नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले उद्घाटन गर्नुभयो ।

अध्यक्ष तिवारीले वीरगञ्ज लेडिज सर्कलले करिब एक दशकदेखि गर्दै आएको विभिन्न सामाजिक कार्यक्रमअन्तर्गत पत्रकारहरूको लागि पुस्तकालय बनाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले पत्रकारहरूको लागी अध्ययन पनि आवश्यक रहेकाले नेपाल पत्रकार महासङ्घ पर्साको सभाकक्षमा आउने पत्रकारले पुस्तकालयमा बसेर अध्ययन गर्नसक्ने बताउनुभयो ।
अध्यक्ष तिवारीले मधेस प्रदेशमै सुविधा सम्पन्न भवनमा नेपाल पत्रकार महासङ्घ पर्साको सभाकक्षमा पुस्तकालय स्थापना गर्ने कार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै वीरगञ्ज लेडिज सर्कलकी अध्यक्ष प्रीति खेतानले पनि पत्रकारहरूको लागि पुस्तकालयको आवश्यकतालाई पूरा गरेकोमा खुसी लागेको बताउनुभयो । साथै उहाँले पत्रकारहरूका लागि अगामी दिनमा पनि आवश्यकता अनुसारको सहयोग गरिरहने आश्वासन पनि दिनुभयो ।कार्यक्रमको सहजीकरण वीरगञ्ज लेडिज सर्कलकी उपाध्यक्ष खुश्बु सिंघानीयाले गर्नुभएको थियो ।

Leave a Reply