कलैया, १९ भदौँ– निजगढ नगरपालिकाका एक युवकको हत्या आरोपमा प्रहरीले कर्तव्य ज्यान अभियोगमा पेस गरिएका ४ अभियुक्तहरुको जिल्ला अदालत बारामा शुक्रबार थुनछेक वहश हुनेभएको छ ।

अदालतमा वयान लिने कार्य जारी रहेको र शुक्रबार पुरा भएपछि थुनछेक वहश गरिने जिल्ला अदालत बाराका स्रेस्तेदार कस्मेश्वर ज्ञावालीले बताउनुभयो । निजगढ नगरपालिका वडा नम्बर ८ का ‘सानु’ भनिने वर्ष ३७ का लालध्वज लामाको हत्या अभियोगमा प्रहरीले १ महिलासहित ४ जनालाई पक्राउ गरी सरकारी वकिलमार्फत कतव्र्य ज्यान मुद्दामा कारवाहीकोलागि बुधबार जिल्ला अदालतमा पेस गरेको थियो । अभियुक्तहरुको अदालतमा बिहिबार पनि बयान लिइएको थियो । वयान पुरा भएपछि थुनछेक वहश गरिने स्रेस्तेदार ज्ञावालीले जानकारी दिनुभयो ।

लालध्वजको हत्या अभियोगमा प्रहरीले निजगढ नगरपालिका वडा नम्बर– ८ का ३३ वर्षिय केशवराज शिवाकोटी, सोही ठाउँकी वर्ष ३९ की बन्दना लामा, निजगढ वडा नम्बर–. ९ बस्ने वर्ष ४५ को ‘संजय’ भनिने चक्र बहादुर तामाङ र सर्लाही जिल्ला बाग्मती नगरपालिका वडा नम्बर– ३ बस्ने वर्ष २४ का जोखबहादुर स्याङतानलाई एक महिनाअघि पक्राउ गरी जिल्ला सरकारी वकिल महेन्द्र थापामार्फत कर्तव्य ज्यान अभियोगमा अदालतमा मंगलबार अभियोग पत्र दर्ता गरेको थियो ।

अमलेखगंजस्थित ससुराली घरबाट गत असार २१ गते बेपत्ता बनेका लालध्वजको असार २८ गते जितपुरसिमरा उप–महानागरपालिका वडा नम्बर– २२ अमलेखगंजस्थित २ नम्बर पुल पुर्वतर्फको थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र शव सडेर गलेको अवस्थमा फेला परेको थियो ।

Leave a Reply