कृपा संवाददाता
निजगढ, ३० कार्तिक । निजगढ ओपन तेक्वान्दो च्याम्पियनशीप प्रतियोगितामा नगवा तेक्वाण्डो डोजाङ्ग शनिबार ५ स्वर्ण सहित पहिलो भएको छ भने निजगढ तेक्वाण्डो डोजाङ्ग ४ स्वण पदक सहित दोस्रो र १ स्वर्ण जितेर मोरङ्ग तेस्रो बनेको छ । जितसंगै नगवाले ४० हजार नगद पुरस्कार ट्रफि हात पारको छ भने दोस्रो हुने निजगढले २० हजार र मोरङ्गले १० हजारमा चित्त बुझाएको छ ।
नगवाले पुरुषतर्फ ३५ केजी, ४८, ५४, ५८ र महिलातर्फ ५३ केजी तौल समुहमा स्वर्ण पदक जितेको थियो । विजयी टिम तथा खेलाडीलाई निजगढ नगरप्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लिलादेवी लामिछाने लगायतले पुरस्कार तथा ट्रफि वितरण गर्नुभएको थियो । निजगढ तेक्वान्दो डोजाङको आयोजना तथा निजगढ कार्यसमितिको सहआयोजनामा भएको सो प्रतियोगितामा १३ दोजाङ्गबाट करिव १ सय ५० खेलाडि सहभागी रहेका थिए ।