कोल्हबी,नेकपा एमाले कोल्हबी नगर कमिटीको शुक्रबार सम्पन्न भएको प्रथम नगर अधिवेशनले पुरनदेव चौधरीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, सचिवमा नन्दकिशोर चौधरी, सहसचिवमा कविता भण्डारी र सहसचिवमा अनुप सुवेदी चुनिनुभएको छ । त्यसैगरी अधिवेशनले नेत्रप्रसाद मैनालीको संयोजकत्वमा २८ सदस्यीय सल्लाहाकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिको सहसंयोजकमा रामप्रसाद प्रसाई रहनु भएको नेकपा एमाले बारा जिल्ला सहसचिव गोविन्द पौडेलले जानकारी गराउनुभयो ।

कोल्हबीस्थित तामागढी भ्येनुमा भएको सो अधिवेशनको एक समारोहबीच उदघाटन एमाले केन्द्रीय सचिव युवराज ज्ञावालीले गर्नुभएको थियो । उदघाटन कार्यक्रममा बोल्दै एमाले सचिव ज्ञावालीले देशी विदेशी शक्तिले नेकपा एमालेलाई सुनियोजित तवरले विभाजन गराएको बताउनुभयो । उहाँले केही अवसरवादी नेताहरु छुट्टिएर गएको भएपनि यसले एमालेलाई खासै असर नपार्ने बताउनुभयो । उहाँले अहिले पनि आफनो पार्टी सबै भन्दा ठुलो र शक्तिशाली पार्टीको रुपमा रहेको बताउदै आगामी निर्वाचनमा पनि पहिलो शक्ति बनेर सरकार बनाउने बताउनुभयो ।

नेता ज्ञावालीले एमालेलाई चारैतर्फबाट घेरा हाल्ने षडयन्त्र भइरहेको भन्दै जनता एमालेको साथमा रहेकोले सबै षडयन्त्रहरु परास्त हुने पनि बताउनुभयो । नेकपा एमाले कोल्हबी नगर कमिटी अध्यक्ष पृथ्वी शिवाकोटीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा एमाले प्रदेश नम्बर २ प्रदेश कमिटी अध्यक्ष ज्वाला साह, केन्द्रीय कमिटी सदस्य प्रभु साह, अच्युत मैनाली, पुरुषोत्तम पौडले लगायत नेताहरुले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गुर्नभएको थियो । कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य एंव कोल्हबी नगरपालिकाका प्रमुख भरतबहादुर भण्डारीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here