राजन कुमार बानिया

पोखरिया,पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा सामाजिक अभियानता ताराचन पंडितको पहलमा निशुल्क माक्स वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । छिपहरमाई गाँउपालिका वडा नम्बर ५ भिस्वाका समाजसेवी किशोर जैसवाल सहयोगमा वडा नम्बर ५ भिस्वामा ३ हजार थान माक्स वितरण एवं कोरोनाबारे जनचेतना कार्यक्रम गरिएको जैसवालले बताउनुभयो । नयाँ भेरियन्ट सहितको कोभिड– १९ कोरोना भाइरस महामारीको दोस्रो लहर तिव्र रुपमा बढिरहेको बेला कोरोना भाइरसको प्रभावलाई रोकथाम गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको जैसवालले बताउनुभयो । जैसवालले अत्यावश्यक काम बाहेक घर बाहिर जथाभाबी हिडडुल नगर्न र बाहिर जानै परे स्वास्थ्य मापदण्ड अपनाएरमात्र जान अनुरोध गर्नुभयो । कार्यक्रममा स्थानीय र प्रहरी प्रशासन लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here