कृपा संवाददाता
बिरगंज – नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाव्दारा पर्सा जिल्लाका विद्यालयहरुमा गठित जुनियर युवा रेडक्रस सर्कलहरु विचका आज प्रतियोगिता सम्पन्न भएको छ ।

 

 

 

 

 

नेपाल जुनियर युवा रेडक्रस समितिको आतिथ्यतामा र विद्यालयहरुको आयोजनामा प्रतियोगिता गराईएको थियो जस्मा श्री राम चरण साह पन्नालाल माध्यमिक विद्यालय, आर्दशनगर वीरगंज पर्साको आयोजनामा जिल्ला स्तरिय निबन्ध र श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार नमुना माध्यमिक विद्यालय, पोखरिया पर्साको आयोजनामा जिल्ला स्तरिय कबिता प्रतिगोगिता पन्नालाल मा.वि.मा संचालन गरिएको थियो उक्त प्रतियोगितामा पर्सा जिल्लाका विभिन्न विद्यालयहरुबाट ४२ जना विद्यालर्थीहरुको सहभागीता रहेको थियो ।

 

 

 

 

 

प्रतियोगिताको वारेमा सहभागीहरुलाई प्रस्ट पार्ने कार्य नेपाल जुनियर युवा रेडक्रस समितिका संयोजक विनोद गिरिले गरेका थिए भन्ने सहजिकरण रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले गरेको कार्यक्रममा कोषाध्यक्ष महन्थ प्रसाद यादव, दयाशंकर सिह, काशी प्रसाद शाह, गिता ठाकुर, मणिभूषण द्धिवेदी, प्रमिला निरौला, राजन यादव, भरत शर्मा, आलम हवारी, दिपिल परियार लगायत शिक्षक नायकहरुको समेत स्रहानिय उपस्थिती रहेको थियो, प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगिहरुलाई जुनियर युवा रेडक्रस गोष्ठिमा पुरस्कृत गराउने कुरा रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here