वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध सेवनकर्ता खोजी तथा सुधार महाअभियानअन्तर्गत खैरो हिरोइनसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका– ३१ स्थित सडकखण्डमा ना ३९ प २५३२ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा जाँच गर्ने क्रममा ८ ग्रामभन्दा बढी खैरो हिरोइन बरामद गरेको हो ।

प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– ३२ निवासी राहुल सिंह र जीतपुरसिमरा उपमहानगरपालिका– ७ निवासी नन्दन गुप्ता रहेका छन् ।पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply