कृपा संवाददाता
हेटौंडा, ३० फागुन । डिभिजन वन कार्यालय मकवानपुरले मकवानपुरगढी गाउँपालिकाबाट दुईवटा एक्साभेटर र दुईवटा टिपर नियन्त्रणमा लिएको छ । बुधवार राती डिभिजन वन प्रमुख इमनाथ पौडेलको नेतृत्वमा गएको वन कार्यालयको टोलीले मकवानपुरगढी- ५ खैरेनीबाट नम्बर नखुलेको एक्साभेटर र ना ८ ख १२१७ र ना ७ ख ८२४१ नम्बरको टिपर नियन्त्रणमा लिएको हो । वनले बुधवार राती नै टिपर नियन्त्रणमा लिएर हेटौंडा ल्याएको थियो भने एक्साभेटर आज बिहीवारमात्रै ल्याएको हो ।

 

 

 

 

 

 

प्रारम्भिक वातावरणीय परिक्षण अनुमती बिना नै खोलाको अवैध रुपले दोहोन गरिरहेको एक्साभेटर र टिपरलाई नियन्त्रणमा लिइएको प्रमुख पौडेलले जानकारी दिनु भयो । डिभिजन वनले नियन्त्रणमा लिएको एक्साभेटर र टिपरलाई वन कार्यालय परिसरमा राखेको छ । उहाँका अनुसार स्थानीय एक युवकले एक्साभेटरमा ‘ब्रेकर’ लगाएर खोला क्षेत्रको चट्टान फोड्दै ढुंगा बाहिर बिक्री गर्दै आएको जानकारी दिनु भयो । डिभिजन वनले स्थलगत रुपमा अनुसन्धान गर्दै वन क्षेत्रमा उत्खनन् गरेको पाइएको वन मुद्दा लगाइने बताउनु भयो ।

Leave a Reply