निजगढ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निजगढ नगर कमिटी सभापतीमा तिलकप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ ।नगर कमिटीको पदपूर्ति समितिका सदस्यहरुले गरेको मतदानबाट सभापती पदमा अधिकारी निर्वाचित भएको बारा जिल्ला सचिव रामहरी खरेलले जानकारी दिनुभयो ।

निजगढ नगर कमिटीमा रिक्त रहेका विभिन्न पदपूर्तिका लागि रास्वपा बाराले केही दिनअघि आवेदन माग गरेको थियो । सोही आवेदन अनुरुप सभापती पदका लागि दीपककुमार खड्का र अधिकारीको उम्मेद्वारी परेकोमा अधिकारी मनोनयन हुनुभएको हो ।
त्यस्तै सहसचिव पदमा सन्तोष ढुङेल, कोषाध्यक्षमा अप्सरा कटुवाल निर्वाचित भएका छन् । सचिव पदमा द्वारिका न्यौपाने र अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएको जिल्ला सभापति चन्दन स्वर्णकारले जानकारी दिनुभयो ।
सदस्यतर्फ निर्वाचित हुनेहरुमा लिलानाथ तिमिल्सिना, सुरजप्रसाद तिमिल्सिना, अच्यूतप्रसाद घिमिरे, प्रविन श्रेष्ठ, मनोज रोका, जितबहादुर श्रेष्ठ तथा महिला सदस्यतर्फ लिलाकुमारी भट्टराई र दलिततर्फ यसोदा दर्जी रहेका छन् । उप–सभापति पदमा भने सबिना बिष्ट यथावत रहनुभएको छ ।सो पार्टीको निजगढ नगरपालिकाका पदपूर्ति समितिका सदस्यहरु मतदानमा सहभागी भएका थिए ।

Leave a Reply