दुष्यन्त चौधरी
कलैया , १२ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाबाट बच्नका लागि बारा जिल्लामा १६ वटा स्थानीय तह रहेका छन् । १६ वटै स्थानीय तहले भ्याएसम्म आ–आफ्नो पालिकामा क्वारेन्टाईन स्थापना गरेका छन् । महागढीमाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा बस्नेहरुको अवस्था दैनिय रहेका क्वारेन्टाईनमा बस्दै आएका महेश साहले जानकारी दिए ।
महागढीमाई नगरपालिकाले वडा नम्बर ६ श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा महागढीमाई नगरपालिकाले क्वारेन्टाईन स्थापना गरेको हो । क्वारेन्टाईनमा बस्नेहरुको अवस्था अहिले दैनिय भएको क्वारेन्टाईनमा बसेकाहरुको गुनासो गरेको जनाए । अहिले प्राय दैनिक रुपमा परेको पानीले गर्दा क्वारेन्टाईनमा बस्नेहरुलाई गाह्रो भएका सामाचार प्राप्त भएका छन् ।
क्वारेन्टाईनमा बस्नेहरुको ओछयान समेत पानीले भिजिएको छ । भिजिएकै ओछयानमा बस्न बाध्य बनाएका साहले जानकारी दिए । नगरपालिकाका स्वास्थ्य शाखाका अजय सिंह तथा निगरानी गर्दै आएका चिकितस्क शिवशंकर यादवले आफ्ना चिनेजानेकाहरुलाई तापक्रम मात्र परिक्षण गरेर फर्काईदिने गरेको समेत आरोप लगाए । त्यसैगरी नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा बस्ने तथा खाना खुवाउने व्यवस्था नराम्रो रहेको क्वारेन्टाईनमा बस्दै आएका साहले आरोप लगाएका छन् ।
आफूहरु काठमान्डौंबाट घर फर्किएका जनाए । साहका अनुसार डाक्टर आफ्नो तापक्रम परिक्षण गर्दा न्यून्तम नै रहेता पनि आफूहरुलाई क्वारेन्टाईनमा राखेको बताए । तर सो क्वारेन्टाईनमा बबुवाईनका व्यक्तिहरु चेकजाँचका लागि जादाँ सोहि गाउँका डाक्टर भएकाले आफ्ना गाउँका ३० जना तापक्रममात्र चेकजाँच गरेर घर पठाएका जानकारी दिए । क्वारेन्टाईनमा बस्न आएकाहरुलाई चिकित्सक , नगर प्रहरी , नेपाल प्रहरी लगायतका टोलीले नियमित रुपमा निगरानी गर्दै आएका छन् ।