निजगढ,चाडपर्वलाई लक्षित गरी बारामा ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले सोमवारबाट बारा जिल्लाका विभिन्न ५ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको हो ।दशैँ तिहारसँगै छठ पर्वको अवसरमा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले जिल्ला सदरमुकाम कलैयासहित पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । जिल्ला सदरमुकाम कलैया, निजगढको शहिदचोक, सिमराको सिमराचोक, जीतपुरको बजार, अमलेखंज, पर्सौनीको गण्डक चोक र कोल्हबीको कोल्हबी बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा प्रहरी निरीक्षकका रामकुमार महतोले बताउनुभयो ।चाडपर्वको मौका छोपी सवारी साधनले बढी भाडा लिने, गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुमाथि हुने अभद्र व्यवहारजस्ता गतिविधि नियन्त्रण गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको निरीक्षक महतोले जानकारी दिनुभयो । उहाँले यात्रुहरूको कुनै गुनासो भएमा जिल्ला ट्राफिक कार्यालय बाराको मोबाइल नम्बर ९८५५०९०१२४ वा १०३ मा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।प्रहरीले मदिरा सेवन गरेर सवारी साधन नचलाउन र स्वविवेकको प्रयोग गरी सुरक्षालाई ख्याल दुर्घटनारहित पर्व मनाउन पनि प्रहरी निरीक्षक महतोले सुझाव दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here