दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,हेल्पिङ्ग हैण्ड युथ सोसाइटी बाराको आयोजनामा जिल्लाको करैयामाई गाउँपालिकाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई मा सहभागी हुने विद्यार्थीहरुलाई मनोवल बढाउनको लागि विद्यार्थी उत्प्रेरणा र जनचेतामुलक शिक्षा सम्बन्धि कार्यक्रमको आयोजना गरिएको छ ।
संस्थाले बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ मा रहेको श्री जनता माध्यमिक विद्यालय उमजनमा सो कार्यक्रम आयोजना गरेको हो । संस्थाका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि एवम् करैयामाई गाउँपालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरी रहनुभएको थियो ।त्यस्तै बिशिष्ठ अतिथिहरुमा करैयामाई गाउँपालिकाको शिक्षा शाखा सहसंयोजक उमेशप्रसाद यादव, वडा अध्यक्ष बृज चौधरी, पालिकाभित्र रहेका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रदिपकुमार साह र चन्द्रिका पटेलले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा करैयामाई गाउँपालिकामा रहेको कुल ४ वटा माध्यमिक तहका सामुदायिक विद्यालयमा अध्यनरत ४ सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा सहयोग गर्नुहुने विद्यालयका प्रधानाध्याक र शिक्षकहरुलाई उक्त कार्यक्रममा स्वागत र सम्मान पनि गरिएको आयोजक संस्थाले जनकारी गराएको छ ।


















