कलैया,प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिकाको पथलैयाबाट बिलबिजक नभएको ११ लाख रुपैया बराबरको सामान बरामद गरेको छ ।पथलैया प्रहरी चौकका बरिष्ठ नायब निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले विशेष सूचनाको आधारमा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ७९१७ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ओमश्री ढुवानी सेवा ट्रान्सपोर्टले बिल बिजक भन्दा बढीको खुद्रा सामान बोकेको र १ बोरा जुत्ताको स्रोत खुलाउन नसकेपछि ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने बस्ने अन्दाजी वर्ष २५ का अजय रोक्का सहित ट्रक र सामान प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिएको हो ।

Leave a Reply