हेटौंडा – प्रदेश नम्बर–३ संसदीय दलको वैठक हेटौंडामा तीन दिन सम्म चलेको छ । तर, वैठकले ठोस निर्णय गर्न सकेको छैन । वैठक तीन दिन सम्म चलेपनि निर्णय भइनसकेको नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फूयालले जानकरी दिनुभयो । वैठकले प्रदेश राजधानीबारे निर्णय गर्न सकेको छैन । सांसदहरुले प्रदेश राजधानीका विषयमा हेटौंडाको पक्ष र विपक्षमा बोलेका छन् । धरै सांसदहरुले प्रदेश राजधानी हेटौंडा हुने र पार्टी केन्द्रीय सचिवालयको निर्णय आफुहरुले मानने वताएका छन् ।

 

 

 

 

तीन दिन सम्मको संसदीय दलको वैठकमा मुख्यमन्त्री डोरमणि पौडेल, पार्टीका प्रदेश इन्चार्ज तथा सांसद अष्टलक्ष्मी शाक्य लगायत ६६ जना सांसद तथा नेताहरुले आफ्ना धारणा राखेका छन् । वैठक पुनः पुस २२ गते ११ वजे वस्नेगरी स्थगित भएको फुयालले जानकरी दिनुभयो । पार्टीको केन्द्रीय सचिवालय वैठकको निर्णय कार्यान्वयन गर्न चौतर्फी दवाव वढेको छ ।

 

 

 

 

 

 

राजधानी हेटौंडा राख्ने र नाम बाग्मति हुने नेकपा केन्द्रीय सचिवालयको बैठक विरुद्ध कडा रुपमा अभिव्यक्ति दिएका तत्कालिन भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले आजको बैठकमा बोल्दै अझै छलफल गर्न जरुरी छ भनी पूर्ववत् बोलेको कुराबाट धेरै लचिलो भएका छन् ।

 

 

 

 

 

 

त्यस्तै बैठकमा धारणा राख्दै धादिङबाट निर्वा्चित डा. रामकुमार अधिकारीले राजधानीको विषय दूरगामी महत्व राख्ने कुरा भएको र राम्रा सन्ततिले अबको एक सय वर्ष पछि पनि हाम्रो क्षमताको मूल्याङ्कन गर्ने भएकोले यसमा अझै छलफलको आवश्यकता रहेको बताउनुभयो । चितवनबाट निर्वा्चित कृष्ण खनालले पार्टीको निर्णयलाई लागू गरिनुपर्ने धारणा राखेका छन् । काभ्रेबाट निर्वा्चित लक्ष्मण लम्सालले राजधानी र यसको नामाकरणको सम्बन्धमा पार्टी केन्द्रीय सचिवालयले गरेको निर्णय विधि सम्मत नभएको धारणा राख्नुभयो ।

 

 

 

 

 

 

प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको विषयलाई सर्वसम्मत ढंगले टुङ्ग्याउने प्रयास भइरहेको छ। बैठकमा केही सांसदले पार्टी सचिवालयको निर्णयलाई लिएर आपत्ति जनाए पनि पार्टीको निर्णय र निर्देशनविरुद्ध नजाने बताएका छन्। केही सांसदले राजनीतिक हिसाब र केहीले कुनै समयमा भएका चित दुखाइका कारण हेटौँडालाई राजधानी कायम गर्ने निर्णयको विरोध गरे पनि अन्त्यमा पार्टीको निर्देशनविरुद्ध जान नसक्ने बताएका छन् ।

 

 

 

 

 

 

विभिन्न कारणले विरोधमा उत्रिए पनि अन्तमा सचिवालयको निर्णलाई मान्नुको विकल्प नभएको सांसदको भनाइ छ। सिन्धुलीका नेकपा सांसद विनोदकुमार खड्काले बैठकमा जति नै विरोध गरेता पनि कम्युनिष्ट पार्टीको कार्यकर्ता भएपछि केन्द्रको निर्णय मान्नु पर्ने तर्क गरे। उनले भने, बैठकमा बोल्ने जे कुरा भए पनि नाम र राजधानीको विषयमा पार्टीको निर्णय मान्नुपर्ने हुन्छ। त्यसकारण सचिवालयले गरेको निर्णय नै अन्तिम निर्णय हुन्छ ।

Leave a Reply