नेपालमा सरकारमा माओवादी भयो भने, प्रतिपक्षमा रहेका रहेकाहरुले विरोध गरेर सदन अवरुद्ध बनाउन् अनि माओवादी सरकारबाट बाहिर भयो भने उसले सडकलाई प्रतिशोधको राम्रो हतियार बनाउने गर्दैआएका छन ।यही सिलसिलामा जनताको सर्वोच्च निकाय भनिएको सदन एक हप्तादेखि अवरुद्ध छ । हालका गृहमन्त्री रमेश लेखकको राजिनामाको माग गर्दै माओवादी सहितका विपक्षी दलहरुको अहिले सदन काँग्रेसलाई गलाउने थलो बनाएका छन ।
माओवादीलाई हिजो आफ्नो नेतृत्वको सरकार ढालेर केपी ओलीलाईं सहयोग गर्ने काँग्रेसलाई यही मौकामा सकेसम्म धम्काउनु छ, घुर्काउनु छ अनि रास्वपा भन्ने पार्टी पनि आफ्नो सभापति जेल पठाउने काँग्रेसलाई यही मौकामा सवक सिकाउन चाहान्छ तर काँग्रेस यो विषयमा एक कदम पनि पछाडि हटेको देखिदैन ।जसरी माओवादी र रास्वपाले विगतको काँग्रेससंगको बदला लिने विचार गरेका थिए, त्यसमा उनीहरुलाई सफलता हासिल हुने संभावना भने कम देखिन्छ । किनभने सबैको घाँटीमाथि एउटा÷एउटा तरबार सरकारले झुण्डाइदिएको पनि छ ।
माओवादीको लागि त्यस्तै, समाजवादीका लागि यस्तै अनि रास्वपाको त कुरै फरक भयो झन् पार्टीका सभापति नै हिराशतमा रहेको अवस्था छ । त्यसैले पनि सदन अब प्रतिशोधमा चल्ने देखिन्छ ।विपक्षीहरु यसैको वरपर रहेको पनि देखिन्छ । वास्तवमा यस्तो राजनीतिले कसैलाई फाइदा नहुने पनि निश्चित छ ।

















