साईकलमा नेपाल भ्रमण गर्नेहरुलाई स्वागत गर्दै ठोरी -५, का वडाध्यक्ष राम बहादुर पाख्रीन ।

कृष्ण मोहन साह

सेढवा – नेपाल भ्रमणमा रहेका साइकल यात्रीहरुलाई सुवर्णपुरमा स्वागत गरिएको छ।प्रकृती संरक्षण गरौं र नेपाल भ्रमण वर्ष २०२० सफल पारौं भन्न,अभियानमा पुर्व मेचीदेखि पश्चिम महाकाली र उत्तरको तिब्बत नाकादेखि दक्षिणको भारतनाकासम्मको यात्रामा निस्किएका ३ जना साइकलयात्रीहरुलाई ठोरी-५,सुवर्णपुरमा वडाध्यक्ष राम बहादुर पाख्रीनसहितको टोलिले भव्य स्वागत गरेको हो ।

 

 

 

 

 

 

गत पुस ४ गते मेची पुलदेखि साइकल यात्रा सुरु गरेका प्रशान्त बुढाथोकी ,विशालजङ्ग थापा र एलन विष्ट करीब २ सातापछि सुवर्णपुर आइपुगेका हुन् ।प्रकृति संरक्षण गरौं र भ्रमण वर्षको प्रचारप्रसार गर्ने उद्देश्यले सुवर्णपुर आइपुगेको टोलिलाई वडाध्यक्ष पाख्रीन,सुनाखरी उपभोक्ता समितिका अध्यक्ष देवी प्रसाद दाहाल ,नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ ,वडा सदस्य वीर बहादुर तामाङ लगायतले खादा लगाएर सम्मान गरेका हुन् ।

 

 

 

 

 

 

उक्त टोलि २ साता अघिदेखि मेची पुल,उर्लाबारी ,बराहक्षेत्र ,फत्तेपुर,लहान ,धनुषाधाम,जनकपुर लगायतका ठाउँ हुँदै हिजो बेलुका सुवर्णपुर आइपुगेको हो।आज ठोरी हुँदै माडी पुग्ने र त्यसपछि क्रमशः महाकाली नदी र त्यसपछि रसुवाको केरुङ हुँदै बिरगंज पुग्ने कार्यक्रम रहेको टोलिका सदस्य एलन बिष्टले जानकारी दिए।

Leave a Reply