पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड इनर्वासिरा, बाराको १८औं बार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।साधारणसभाको बारा क्षेत्र नम्बर ४ ‘१’ प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्धाटन गर्नुभएको थियो । प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य चौधरीले उत्पादनमा जोडिएका सहकारीहरुको सहजताका निमित्त प्रदेश कानुनमा समस्या भए सच्याउन सहयोग गर्ने पहल गर्ने बताउनुभयो ।

यस्तै प्रमुख अतिथि चौधरीले गा्रमीण सडक पुर्वाधारको स्तरोन्नति गर्नेतर्फ प्रदेश सरकारको ध्यान जगाउने बताउनुभयो । कार्यक्रममा जीतपुरसिमरा उमहानगरपालिकाका नगरउपमुख भोलाप्रसाद अधिकारीले स्थानीय सरकार ग्रामीण सडक सुधार गर्नमा जुटेको बताउनुभयो । सहकारीले स्थानीय सरकारसँग आर्थिक अपेक्षा राख्नु जायय भएपनि कानुनी जटिलताले सहकार्यमा समस्या रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, प्रसौनी गाउँपालिका वडा नम्बर ७ ईस्लाम मियाँ अंसारी, साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष प्रदिप सिंह बराल, मनहर्वाकी अध्यक्ष नयनकला खडका, हरैयाका रामलखन चौधरी, सपहीकी अस्तुर्नी देवी चौधरी, छातापिपराकी विजयताकुमारी चौधरीलगायतको सहभागिता थियो ।संस्थाले बार्षिक साधारणसभाका अवसरमा संस्थाका व्यवसायिक तरकारी खेती गर्ने किसानलाई कृषि सामग्री, एसईई उर्तीण सदस्य सन्ततिलाई प्रमाणपत्रसहित सम्मान र जेष्ठ सदस्यलाई हर्लिक्स प्रदान गरेको थियो ।

१ हजार ५ सय ३२ सदस्यहरुका बीच करिब २४ करोडको कोरोबार गर्दै आएको सहकारीले सभाबाट आर्थिक वर्ष ०८०।०८१ मा आर्जन गरेको मुनाफाबाट १८ प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ । संस्थाले सो आर्थिक वर्षमा १ करोड ७ लाख ७९ हजार मुनाफा गरेको थियो ।संस्था अध्यक्ष संजिला खातुनको संस्थागत, लेखासमिति संयोजक राधिका सुवेदीको लेखा प्रतिवेदन र प्रबन्धक झपेन्द बरालले सभामा पेश गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन समेत पास गरेको छ ।

Leave a Reply