सिमरा
सिमरा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको छ । १० करोड १३ लाख रुपैयाँ लागतमा धावनमार्ग कालोपत्र तथा फेन्सिङ लगायत आवधिक मर्मत गरिएको हो । नागरिक उययन कार्यालय सिमरा विमानस्थलका प्रबन्धक सूर्यबहादुर खत्रीका अनुसार करीब १५ वर्षपछि विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको हो ।

सिमरा विमानस्थलको धावनमार्ग १ हजार १ सय ९२ मिटर लामो र ३० मिटर चौडा छ । यहाँबाट बुद्ध एयरको ९, यती एयरलाइन्सको २, श्री एयरलायन्स र गुण एयरको १÷१ गरी दैनिक १३ विमानको उडान तालिका छ । तर, दैनिक आधा दर्जन विमानले उडान÷अवतरण र करिब १ सय २० यात्रुले आवागमन गरिरहेका छन ।

सन् १९४२ को अगष्ट २५ मा यो विमानस्थलको घाँसे मैदानमा भारतको पटनाबाट आएको विमान नेपालमै पहिलोपटक अवतरण गरेको थियो । त्यसकारण पनि यसलाई नेपालकै पहिलो विमानस्थल र पहिलो पटक विमान अवतरण गरेको ऐतिहासिक विमानस्थल मानिन्छ । संघीय राजधानी काठमाडौंबाट सबैभन्दा छोटो हवाई दुरीमा रहेको यो विमानस्थलबाट १५ मिनेटमै काठमाडौं पुग्न सकिन्छ । पर्सा, बारा, रौतहट, सर्लाहीसम्मका यात्रु मात्र नभई भारतीय पर्यटक समेत सेवा दिइरहेको सिमरा विमानस्थल कोरोनाकालमा अत्यधिक व्यस्त थियो ।

यसबाहेक वर्सेनि वर्षायाममा सडक मार्ग अवरुद्ध हुने गर्दा समेत यो विमानस्थलमा यात्रुको चाप बढ्ने गरेको छ । पर्सा(बारा औद्योगिक करिडोर तथा आर्थिक नगरी वीरगन्जको कारण यस भेगमा आर्थिक गतिविधि बढी हुने भएकाले सिमरा विमानस्थलले त्यसमा ठूलो सहयोगी भूमिका खेलेको खत्रीको भनाइ छ ।

Leave a Reply