अनिल तिवारी
सिमरा –  समिश्रण कृषि सहकारी संस्था लि.ले आफ्नो ८ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले जीतपुरसिमरा उपमहानगरपालिका ५ स्थित बकुलिया क्याम्पसमा शनिवार औपचारिक कार्यक्रमको आयोजना गर्दै आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

 

 

 

 

संस्थाका अध्यक्ष प्रमोद चौधरीको सभाअध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य शुन्दर विकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य विकले सहकारीको माध्यमबाट राज्यले देशको अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने सोच बनाएको बताउनुभएको थियो ।

 

 

 

 

उहाँले सहकारीले गरेको काममा आफ्नो पनाको भाव हुने भएकोले पनि सहकारीको माध्यमबाट अगाडी बढ्न सजीलो हुने जानकारी दिनुभयो । साथै सहकारीले आफ्ना सदस्यहरुको मन जीतन सदस्यले दिएको जीमेवारी पुरा गर्नुपर्ने जानकारी दिनुभयो ।

 

 

 

 

कार्यक्रममा राष्ट्रिय सहकारी बैँक सिमराका प्रमुख सुरेश लागे, बकुलिया क्याम्पसका अध्यक्ष देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply