आरके राजन
सिम्रौनगढ,कार्यालयमा जारी तालाबन्दीका कारण बाराको सिम्रौनगढ नगरपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रन्जितजंग अधिकारीले हाजिर गर्न नपाएपछि सोमवार काठमाण्डौं फर्किनुभएको छ ।
नगरपालिकाका करार सेवा, अस्थायी र ज्यालादारीका कर्मचारी र शिक्षकहरुले कार्यालयको मुल गेटमा ताला मारेर धर्ना दिएका कारण संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाइएका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कार्यालयमा हाजिरी गर्न नपाएपछि मन्त्रालयमा नै फर्किनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत अधिकारी मन्त्रालयले गत असोज १४ गते गरेको सरुवा पत्र बोकेर हाजिर हुन सोमवार नै सिम्रौनगढमा आइपुग्नुभएको थियो ।
नगरपालिकाका करार सेवा, अस्थायी र ज्यालादारीका कर्मचारी र शिक्षकहरुले कार्यालयको मुल गेटमा ताला मारेर धर्ना दिएका कारण संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाइएका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले हाजिरी गर्न नपाउनुभएको हो । तलब भत्ता र करार सेवा अवधि थप गर्नुपर्ने माग गर्दै नगरपालिका अन्तर्गतका शिक्षक र कर्मचारीले कार्यालयमा ३ सातादेखि ताला लगाएर धर्ना दिदै आएका छन ।सिम्रौनगढ नगरपालिकका नगर प्रमुख किशोरीप्रसाद कलवारले कार्यालयमा जारी तालाबन्दीका कारण मन्त्रालयबाट खटाइनुभएका प्रमुख प्रसासकीय अधिकृत रन्जितजङ्ग अधिकारी फिर्ता जानुभएको जानकारी दिनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन आएपछि आफूले वडा अध्यक्षहरुसंग कार्यालयको ताला खोल्ने पहल गरिदिन आग्रह गरेको तर कसैले पनि चासो नदेखाएकाले अधिकृत अधिकारी मन्त्रालयमा नै फिर्ता गएको बताउनुभयो । नगर प्रमुख कलवारले नेपाली कांग्रेस पार्टीबाट नगरपालिकामा निर्वाचित वडा अध्यक्षका कारण प्रमुख प्रशासकीय अधिकृत अधिकारीले हाजिरी गर्न नपाएको र फिर्ता गएको बताउनुभयो । ‘प्रमुख प्रशासकीय अधिकृत फिर्ता भएपछि फेरि पनि सामाजिक सुरक्षा भत्ता र शिक्षक कर्मचारीको तलब निकासा गर्न नसकिने अवस्था आयो, उहाँले भन्नुभयो, यसको लागि क्षमाप्रार्थी छु ।’कार्यालयमा आइपुग्नुभएका अधिकृत अधिकारीले यसअघि नगरपालिका कार्यालयको तालाबन्दी नखुलेसम्म आफूले हाजिरी नगर्ने बताउनुभएको थियो । ‘कार्यालयमा लागेको ताल्चा जनप्रतिनिधिहरुले खोली दिनुपर्यो, उहाँले भन्नुभयो, अनि म हाजिर हुन्छु ।’ उहाँले हाजिर गर्न नपाएपछि आफूले कार्यालयको काम गर्न नसक्ने पनि बताउनुभयो ।नगरपालिका कार्यालयमा ताल्चा मारेर धर्नामा बसेका शिक्षक, कर्मचारी र वडा अध्यक्षहरुले अधिकृत अधिकारीलाई आफूहरुकोे समस्या बारेमा जानकारी गराएका थिए । सोही अवसरमा नेपाली काग्रेसको तर्फबाट निर्वाचित वडा अवधेश सहनीले नगर सभाको सूचना प्रकाशित नभएसम्म कार्यालयमा लागेको ताला नखुल्ने बताउनुभएको थियो । उहाँले नगरप्रमुखले नगर सभाको सूचना काट्ेपछि मात्रै कार्यालयमा लागेको ताल्चा खुल्ने र कर्मचारीहरुले काम गर्ने वातावणर बन्ने बताउनुभयो ।त्यस्तै नेकपा एकिकृत समाजवादीबाट निर्वाचित वडा नम्बर ८ का वडा अध्यक्ष रामदिनेश यादवले प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सबै जनप्रतिनिधिहरुको बैठक राखेर तालाबन्दी खोल्ने बारेमा निकास निकाल्ने पहल गर्नुपर्ने बताउनुभयो । ‘सबैको सहमतिमा एउटा निकास निकाल्नु पर्यो, वडा अध्यक्ष यादवले भन्नुभयो, चाड पर्वको बेला सेवाग्राहीको समाजिक सुरक्षा भत्ता र कर्मचारीहरुलाई तलब उपलब्ध गराउनुपर्छ ।’
त्यसैगरी लोकतान्त्रिक समाजवादी आवद्ध वडा नम्बर ६ का वडा अध्यक्ष नन्दकिशोर प्रसादले नगरपालिकाका जनप्रतिनिधिहरु एउटा परिवारका सदस्य जस्तै भएको बताउदै आपसी विवाद र द्वन्द हुनु पनि स्वाभाविक भएको बताउनुभयो । ‘हामीबीच जस्तो सुकै द्वन्द भएपनि त्यसको असर कार्यालयका कर्मचारी र सेवाग्राहीहरुमा पर्नदिनु हुदैन ।’
उहाँले पनि दिपावली र छठ जस्तो वर्वको बेला समाजिक सुरक्षा भत्ता र कर्मचारीहरुलाई तलब दिन जरुरी भएको बताउनुभयो । सो अवसरमा वडा नम्बर १ का अध्यक्ष दिनदयाल मुखिया, २ का वडा अध्यक्ष अरबिन्द मुखिया वडा नम्बर ३ का एजुलाह अन्सारी, वडा नम्बर ५ का अध्यष शिवमङ्गल कुशवा, वडा नम्बर ७ का विबेक मेहता, वडा नम्बर ९ का अध्यक्ष रामएकबाल प्रसाद.यादव, वडा नम्बर १० का राजकुमार यादव, ११ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद जयसवालले आफ्नो धारणा राखेका थिए ।
Home स्थानीय समाचार कार्यालयमा हाजिर गर्न नपाएपछि सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत अधिकारी मन्त्रालयमा फिर्ता















