पुष्पराज खतिवडा
मनहर्वा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं बार्षिक साधारणरसभा शनिवार सम्पन्न भएको छ । सिमरास्थित थानिमाई पार्कमा संघीय सांसद कृष्णकुमार श्रेष्ठले सधारण सभाको उद्धाटन गर्नु भएको हो ।प्रमुख अतिथि समेत रहनु भएका सांसद श्रेष्ठले सहकारीमा आवद्ध सदस्यको हितमा काम गर्दै उनीहरुको मन जित्नसके मात्रै सफल हुने बताउनुभयो । सहकारीको नाम लिँदा बाराको हातेमालो पहिलो नम्बरमा परिचित रहेको आफुले पाएको भन्दै उहाँले अहिलेसम्म आफ्नो क्षेत्रका सर्वसाधारणहरु सहकारी पीडितमा नपरेको पनि बताउनुभयो । ‘कतिपय स्थानमा सहकारीले जनता ठगेर दुःख दिएका छन, सांसद श्रेष्ठले भन्नुभयो “तर मेरो निर्वाचन क्षेत्रमा म सहकारीबाट ठगिएँ भन्दै कोही पनि गुनासो लिएर आएका छैनन ।”कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी, एमाले नेता एवं पूर्वप्रदेशसभा सदस्यहरु सुन्दर विश्वकर्मा, सीता गुरुङ्ग, जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघका संचालक हरेराम पटेल, संस्थाका संस्थापक अध्यक्ष डा. कृष्ण पौडेल लगायतकाले बोल्नुभएको थियो ।संस्थाको बार्षिक साधारणसभाबाट १५.५२ लाभाश. वितरण गर्ने निर्णय गरेको छ भने सभाका अवसरमा सबैभन्दा बढी कारोबार गर्ने १४ जना योगदानकर्तालाई संरक्षित कोषको रकम समेत वितरण गरिएको छ ।३ हजार ९ सय ७४ जना सदस्यका बीच ६३ करोड ९५ लाख १९ हजारको कारोबार गरिरहेको संस्थाले २ करोड ५० लाख ५८ हजार मुनाफा गरेको जनाएको छ ।संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षता, उपाध्यक्ष संजय साहको स्वागत र संचालक दिपक भट्टको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।