वीरगञ्ज,रुखबाट खसेर घाइते बनेका पर्साको पर्सागढी नगरपालिकामा एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ३ बडनिहारमा रुखबाट खसेर घाइते भएका ६१ वर्षिय लालमान तामाङ्गको उपचारको क्रममा काठमाण्डौं लैजाने क्रममा मृत्यु भएको हो ।

चैत्र १ गते घर नजिकैको जङगलमा घाँस काट्ने क्रममा तामाङ्ग रुखबाट खसेर गम्भीर घाइते भएका थिए । उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरेर गरी घर फर्काइएको र अवस्थामा सुधार नभएपछि फेरि निलकण्ठ अस्पताल वीरगञ्ज पु¥याइएको थियो । निलकण्डमा पनि उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाण्डौं लैजाने क्रममा तामाङ्गको बुधवार बाटोमा नै मृत्यु भएको हो ।

Leave a Reply