हेटौंडा । हेटौंडा बजार क्षेत्र र आसपासका क्षेत्रका मुल सडकहरु फराकिलो रुपमा निर्माण गर्न सुरु गरिएको छ । साविकका सडक सिमा क्षेत्रमा वनेका घरहरु समेत भत्काएर मुल सडकहरुलाई ठुलो लगानीमा फराकिलो र सुन्दर वनाउन लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
चालु आर्थिक वर्षको वजेटबाट हेटौंडाको शिद्धार्थ रोड, नगरपालिका रोड, सिंचाइटोल, प्रभाकर रोड, पारिजातपथ रोड, हेटौंडाको भैरवरोड लगायतका सडक फराकिलो वनाउने काम सुरु गरिएको मेयर महतले वताउनुभयो । अहिले साविकमा भईरहेका सडक साघुरो र जिर्ण वन्दै गएपछी निर्माणको काम सुरु गरिएको हो ।
हेटौंडाको हुप्राचौरमा रहेको क्वीक ट्वान्टीरोड फराकिलो वनाउने काम सकिएको छ । पहिलेको भन्दा फराकिलो र सुन्दर रुपमा यस सडक निर्माण गरिएको मेयर महतले वताउनुभयो । त्यसैगरी हेटौंडा ८ मा पनि फराकिलो र सुन्दर सडक निर्माणका लागि उपमहानगरपालिकाले डेढ करोड रुपैयाँ लगानी गरेको छ । हेटौंडाको मुख्य सडक फराकिलो वनाउनका लागि स्थानीय वासिन्दाहरुले आफ्ना घरका पर्खाल भत्काउने, भएका पुराना संरचना हटाउने लगायतका काममा सहयोग गरेपछी शहरको सुन्दरता संगै सडक फराकिलो वनाउन लागिएको मेयर महतले वताउनुभयो ।
सडक कालोपत्रे गर्ने र भत्कीएका सडक टाल्न सुरु
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौर क्षेत्रमा सडक टालटुल गर्ने र कालो पत्रे गर्ने कामको सुरुवात गरिएको छ । सडक खाल्डाखुल्डी वढेपछी सडक प्याचीङ गर्ने कामको सुरुवात गरिएको हो । यस क्षेत्रमा सडक प्याचिङ गर्न र कालोपत्रे गर्नका लागि ४८ लाख रुपैयाँमा काम भईरहेको मेयर महतले वताउनुभयो । अन्य पानी जम्ने क्षेत्रमा उपमहानगरले स्लाव ढलान गर्ने काम गर्दै आएपनि हुप्राचौरक अग्लो क्षेत्र भएकाले सडक पिच गर्न लागिएको उहाँले वताउनुभयो । यस क्षेत्रमा सडकमा खाल्डाखुल्डी बढेपछी काम गरिएको हो ।