वीरगन्ज, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले किसानको समस्या समाधान नभएसम्म निर्वाचनको औचित्य नरहेको बताउनु भएको छ । देशमा वर्षौदेखि किसानको समस्या कायम नै रहेको अवस्थामा जुनसुकै सरकार र व्यवस्था परिवर्तन भएपनि त्यसले खासै महत्व नराख्ने भन्दै पहिले किसानको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

वीरगन्जमा बुधबार पत्रकार सम्मेलन गर्दै जनमत पार्टीका अध्यक्ष डा.राउतले किसानले जिताएर पठाएका राजनीतिक दलका नेताहरुले नै सत्तामा पुगेपछि किसानको दुःख पीडा बिर्सिएर उल्टै किसानमाथि शोषण र दमन गर्ने गरेको बताउनुभयो ।

देशमा भएको विभिन्न आन्दोलनहरुमा किसानहरुले साथ दिए पनि सत्तामा पुगेपछि सबै राजनीतिक दलहरुले किसानको मुद्दा भुलेको बताउदै किसानको समस्या समाधान गर्न माग गर्दै गरिएको आन्दोलनमा पनि राज्यले चरम दमन गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here