निजगढ –  निजगढ नगरपालिकाले नगरभित्र रहेका ९० बर्ष नाघेका जेष्ठ नागरिकहरुलाई कम्बल ओडाएर सम्मान गरेको छ । नगरपालिकाका प्रमुख सुरेस खनाल र उपप्रमुख लिलादेवी लामिछानेले वृद्ध वृद्धाहरुलाई न्यानो कपडा कम्बल ओडाएर बुधबार सम्माना गर्नुभएको हो । सो अवशरमा नगरपालिकाभित्र रहेका ६७ जना वृद्धलाई एक÷एक थान कम्बल र तातो पानी राख्ने थर्मससमेत प्रदान गरिएको थियो ।

 

 

 

 

निजगढस्थित होटल तारा इनमा भएको कार्यक्रममा नगरपालिकाले जेष्ठ नागरिकको लागि बिहानीको खानाको समेत प्रवन्ध गरेको थियो । नगरपालिकाले दिएको कम्मल र थर्मश पाएपछि जेष्ठ नागरिकहरु खुसी देखिएका छन । निजगढ नगरपालिका वडा नम्बर २ कि टंकदेवी लामिछानेले नपाले कपडा र थमर्श सहयोग गरेकोले आफुहरुलाई खुसी लागेको बताउनुभयो ।

 

 

 

 

जाडो र सितलहरबाट प्रभावित वृद्धवृद्धाहरुको सुरक्षा र संरक्षणको लागि नगरपालिकाकाले सम्मानसहित न्यानो सामाग्री प्रदान गरेको नगर प्रमुख खनालले बताउनुभयो । सोही कार्यक्रममा उपप्रमुख लामिछानेले जेष्ठ नागरिकहरु समाजको अगुवा र पथप्रर्दशकसमेत रहेकाले सबैले उनीहरुको कदर र मर्यादा गर्नुपर्ने बताउनुभयो । जेष्ठ नागरिकको सम्मान र सुरक्षाको लागि नगरपालिका सदैव तयार रहेको उहाको भनाई थियो ।

 

 

 

 

 

एक सातायतादेखि चलेको सितलहर र ठण्डीका कारण स्थानीयको जनजिवन प्रभावित बन्दै आएको छ । यसअघि नगरपालिकाले चिसोबाट जोगिन नगरका विभिन्न स्थानमा आगो ताप्ने दाउरा उपलब्ध गराउदै आएको छ । कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत विसकशेन ढकाल लगायत कर्मचारी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र स्थानीय भद्रभलादमीहरुको समेत उपस्थिति रहेको थियो ।

 

 

 

 

यसैबीच न्यानो सामाग्री पाए लगत्तै निजगढ नगरपालिका वडा नं ५ कि ९७ बर्षिया चन्द्रकुमारी खड्काको मृत्यु भएको छ । नगरपालिकाले प्रदान गरेको कम्बल र थर्मश पाए लगत्तै खडकाको मृत्यु भएको नगर कार्यपालिका सदस्य लक्ष्मी गौतमले जानकारी दिनु भयो । लडेर घाइते बनेपछि लामो समयदेखी थला परेर घरमै बसेकी खड्कालाई कार्यपालिका सद्स्य गौतमले निवासमै पुगेर सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here