निजगढ,नेकपा माओवादी केन्द्र बारा जिल्ला कमिटी सदस्य कुमार मोक्तान नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बिहीबार आयोजना गरिएको एक कार्यक्रममा मोक्तान माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो । निजगढ नगरपालिका वडा नम्बर १० निवासी मोक्तानलाई अध्यक्ष ओलीले खादा ओडाएर पार्टीमा प्रवेश गराउनुभएको थियो । गत स्थानीय निर्वाचनमा मोक्तान माओवादीबाट वडा अध्यक्षको उम्मेदवारसमेत बन्नुभएको थियो ।
देशको विकासको लागि नेकपा एमालेले लिएको नीति सही रहेको भन्दै नेता मोक्तानले माओवादी पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको बताउनुभयो ।
मोक्तानको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर २ का प्रदेश सदस्य सुर्दशनप्रसाद कोइराला, अम्बिका चौलागाई, जिल्ला कमिटी सदस्य रामकृष्ण घिमिरे, युवा संघ नेपालका केन्द्रीय सदस्य इराज कोइरालालगात ओली निवास बालकोट पुगेका थिए ।