कृष्ण मोहन साह
सेढवा,पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले अवैध ब्रोइलर कुखुरा बरामद गरेको छ । शनिबार भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको १६ वटा ब्रोइलर कुखुरा ठोरीबाट बरामद गरिएको हो ।बरामद गरिएको कुखुरा स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म सुवर्णपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक गोबिन्द खातीको नेतृत्वको गस्ती टोलीले ठोरी गाउँपालिका वडा नंं ४ गोपी बस्तीबाट कुखुरा बरामद गरेको हो ।बरामद गरिएको कुखुरालाई स्थानीय र सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगन्जका प्रवक्त तथा नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिनुभयो ।

















