कृष्ण मोहन साह

सेढवा – विश्व व्यापी रुपमा फैलिरहेको कोराना भाइरसबाट बच्न सरकारले लागू गरेको लकडाउन लामो समयसम्म चलिरहेको बेला पर्साको जिराभवानी गाउँपालिकामा रहेको डिप्रोक्स लघुबित बितिय संस्थाले जिराभवानी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको लागि सोमबार एक कार्यक्रमका बिच डिप्रोक्स लघुबित बितिय संस्था जिराभवानी शाखा प्रमुख हरिनारायण ठाकुरले १८ बोरा चामल र ६ दर्जन साबुन जिराभवानि गाउँपालिकाका अध्यक्ष रामपृत महतोलाई हस्तान्तरण गरेका हुन ।
हस्तान्तरण कार्यक्रममा जिराभवानी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष महादेव महतो , वडा सदस्य नन्दकिशोर साह लगाएत स्थानीय भद्रभलादमी र डिप्रोक्सका कर्मचारी र सन्चारकर्मी हरुको सहभागीता रहेको थियो ।


















