सिमरा,गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाका २४ वडामा निर्वाचित वडाध्यक्ष मध्ये १७ जनाले दोहोरिएर उम्मेदवारी दिएका छन् ।
बैशाख ३० गते हुने निर्वाचनका लागि विभिन्न पार्टीबाट १७ जना वडाध्यक्षले राजिनामा गरेर पुनः उम्मेदवारी दिएका हुन् । दोहो¥याएर उम्मेदवारी दिनेमा नेकपा माओवादी केन्द्रका सात जना वडाध्यक्ष छन् भने नेकपा एमालेका चार, नेपाली कांग्रेसको समान तीन÷तीन जना रहेका छन् ।
उपमहानगरपालिकाको सात वडामा निर्वाचित वडाध्यक्षले भने दोहोरिएर उम्मेदवारी दिएका छैनन् । दोहो¥याएर उम्मेदवारी नदिने वडाध्यक्षमा एमालेका चार, माओवादीका दुई र कांग्रेसका एक जना रहेको जीतपुरसिमरा निर्वाचन अधिकृत टिकामणी न्यौपानेले बताउनुभयो ।
जीतपुरसिमरामा १५ जनाको उम्मेदवारी फिर्ता
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न पदका लागि उम्मेदवारी दिएका मध्ये १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन कार्य तालिका अनुसार बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएका विभिन्न पदका उम्मेदवारले मनोनयन दर्ता फिर्ता लिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख पदका तीन, उपप्रमुख पदका दुई, वडा अध्यक्ष पदका पाँच र सदस्य पदका पाँच जनाले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
प्रमुख पदका लागि उम्मेदवारी दिनुभएका जनता समाजवादी पार्टीका सोहन शर्मा, राष्ट्रिय जनमोर्चाका शेरबहादुर केसी, उपप्रमुख पदमा जसपाकी चित्ररेखा चौधरी, जनमोर्चाकी देवी आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा बागी उम्मेदवारी दिनुभएका नेकपा एमालेका मदन तिमिल्सिनाले आफ्नों उम्मेदवारी फिर्ता लिनुभएको छ । तिमिल्सिनाले वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको थियो । उम्मेदवारी फिर्ता लिने समय सम्पन्न भएसँगै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।