पुष्पराज खतिवडा

मनहर्वा,बाराको बंगरीमा गुडिरहेको कारमा आगलागी भएको छ ।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र.२–०२–००१.च.०१६५ नम्बरको कारमा मंगलवार बिहान अचानक आगलागी भएको हो ।

आगलागीमा जलेर कार पूर्ण रुपमा नष्ट भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताउनुभयो । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति भने हुन पाएन ।

लालबन्दीबाट हेटौंडा जाँदै गरेको कारमा बिहान ५ः३० बजेको समयमा अचानक आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगले ६ः०० बजे आगो नियन्त्रणमा लिइएको थियो । कारको वायर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

Leave a Reply