निजजढ,निजगढ–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औ बार्षिक साधारण सभा एवम् स्थापना दिवस शनिवार सम्पन्न भएको छ ।राष्ट्रिय सहकारी महासंघका सचिव टेकप्रसाद चौलागाईले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौलागाईले शेयर सदस्यहरुको रकम बचत गर्नुनै सहकारीको मुख्य कार्य भएको बताउनुभयो । उहाँले नेपालमा अझै पनि बचत गर्ने बानीको पुर्ण विकास भनइनसकेको पनि बताउनुभयो ।‘विकसित राष्ट्रहरुमा मानिसहरुले आम्दानीको २०-२५ प्रतिशतसम्म बचत गर्ने गरेका छन, उहाँले भन्नुभयो, नेपालमा त्यो रकम ७÷८ प्रतिशतभन्दा बढी छैन ।संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभामा निजगढ वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा र बागदेव दुग्द्य उत्पादक सहकारी संस्थाका अध्यक्ष एवम् केन्द्रीय दुग्द्य उत्पादक सहकारी संघका सचिव थानेश्वर सापकोटा र अतिथिहरुमा श्री गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौला, श्री जनज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर थोकर, सोही विद्यालयका प्रतिनिधि सपना कोइराला, समुदायमा आधारित प्रसुति गृहका अध्यक्ष माधव न्यौपाने, गौरीशंकर क्याम्पसका अध्यक्ष एकबहादुर श्रेष्ठ, समुन्नत बहुउद्देश्यीय सहकारीकी अध्यक्ष कल्पना खरेल, विद्यासागर बोडिङ स्कुलमा प्रिन्सिपल अभिषेक मिश्रलगायतको उपस्थिति रहेको थियो ।संस्थाले आफ्ना २४ जना जेष्ठ नागरिक शेयर सदस्यलाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ठ बाल बचत सदस्यतर्फ डेभिन दुलाल, उत्कृष्ठ ऋणी सदस्य छत्रबहादुर सुनुवार, उत्कृष्ठ बचतकर्ता भेषबहादुर रुम्बा, उत्कृष्ठ शेयर खरिद गर्ने सदस्य एंवम संस्थाका लेखा समितिका सदस्य प्रल्लादप्रसाद रिमाल लगायतलाई पनि सम्मान गरिएको थियो ।आ.व. २०७९-०८० मा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रतर्फ गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का रोशन तामाङ, रोचक सन्जेल र छात्रातर्फ बिद्यासागर बोडिङ स्कुलका स्मारिका सिग्देल, गौरीशंकर निजगढ ८ का सोनिया तामाङ र रोशनी कुमारी रौनियार लगायतलाई पनि जनही १ हजार नगदसहित सम्मान पत्रले सम्मान गरिएको छ ।त्यस्तै उत्कृष्ट बाल बचत ऐश्वर्य श्रेष्ठ ,शेयर कारोबार सदस्य लक्ष्मीकुमारी क्षेत्री, उत्कृष्ट ऋणी सदस्य गौरीकुमारी राउत, उत्कृष्ट बचत कारोबार सदस्य राजकुमार लामा र कर्मचारी सम्मान प्रमिलाकुमारी क्षेत्रीलाई पनि सम्मान गरिएको छ ।संस्थाले बार्षिक उत्सवको अवसर पारेर निजगढ ९ स्थित जनज्योती आधारभुत विद्यालयलाई रु.४० हजार बराबरको विद्यालय पोशाक सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थोकर र उक्त विद्यालयकी प्रतिनिधि कोइरालालाई हस्तान्तरण गरेको थियो ।संस्थाको आ.व.२०७९÷०८० को संस्थागत प्रतिवेदन संस्थाका अध्यक्ष भोलाप्रसाद गौतम, लेखा समितिको प्रतिवेदन लेखा संयोजक रुद्रप्रसाद धिताल, आर्थिक प्रतिवेदन बच्चुराम लामिछाने लगायतले प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष हरिमैया उपाध्याय पोखरेलले दिनुभएको थियो भने वागदेव दुग्द्य उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा र बसमुन्नत बहुृउद्देश्यीय सहकारीकी खरेल लगायतले साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाको २४ औँ बार्षिक साधारणसभाको भेलाले सर्वसम्मत रुपमा पत्रकार महेश्वर अधिकारीलाई संचालक समितिको सदस्यमा चयन गरेको छ ।संस्थाले १५०३ सदस्यको बीचमा कारोबार गरेर ३४ लाख ६२ हजार ३ सय २४ रुपैया खुद नाफा कमाएको छ । संस्थाले ९ करोड ६२ लाख १० हजार २३ रुपैया कुल कारोबार गरेको छ, भने कार्यक्रम संचालन संस्थाका सचिव बोधनाथ चौलागाईले गर्नुभएको थियो ।