पोखरिया,पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ मा निर्माण भएको निर्मित वडा कार्यालय भवनको एक कार्यक्रमकाबीच पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले शुक्रबार उद्घाटन गर्नुभएको छ ।

पोखरिया नगरपालिकाको वडा नं ९ मा वडा कार्यालय भवन नभएकोले नगरपालिकाको सहयोगमा भवन निर्माण गरिएको हो ।

नवनिर्मित वडा कार्यालय भवनको धार्मिक विधिअनुसार पूजापाठ गरि उदघाटन गरिएको हो । तिनकोठे भवन र सभा हल भएको भवन करिब २५ लाखको लागतमा निर्माण गरिएको हो । वडा अध्यक्ष रामबाबु चौहानको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष सोनालाल साह, सुरेन्द्र यादव, जिल्ला समन्वय समिति पर्साका सदस्य रिजवान आलम, जसपा नेपाल लोकतान्त्रिकका केन्द्रीय सदस्य निजामुदिन समानी, नगरपालिकाका योजना प्रमुख संजय पाण्डे, नौसाद आलम, रामबचन महतो, सुरेन्द्र सिंहलगायत स्थानीयहरुको पनि सहभागिता रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here