सिकिन्द्र साह
सिम्रौनगढ,चर्को ब्याज असुलेको भन्दै बाराको सिम्रौनगढ नगरपालिकामा लघुबित्त बित्तीय संस्थाहरुको विरोधमा बिहीवार स्थानीय दलित तथा सुकुम्बासी महिलाहरुले विरोध ¥याली प्रदर्शन गरेका छन ।लघुबित्त साझा अभियानका जिल्ला इन्चार्ज कन्चन पासवानको अगुवाइमा भएको प्रदर्शनमा सहभागी महिलाहरुले बिस लाखसम्मको ऋण मिनाहा गरिनुपर्ने, लघुबित्त संस्थाहरुले पनि कमर्सियल बैंकले जस्तो ब्याज दर निर्धारण गर्नुपर्ने र बचतको रकम फिर्ता गरिनुपर्ने जस्ता माग गरेका थिए ।सयौं महिलाहरुको सहभागिता रहेको सो प्रदर्शनमा सुकुम्बासी र भूमिहिन व्यक्तिको नाममा जग्गाधनी पूर्जा कायम गरिनु पर्ने र ऐलानी जग्गाको पनि धनीपूर्जा वितरण गरिनुपर्ने जस्ता नारा लगाइएको थियो ।प्रदर्शनका सहभागीहरुले नगर परिक्रमापछि सिम्रौनगढ इसरा पोखरी नजिक पुगेर कोण सभा आयोजना गरेका थिए। कोण सभामा नेपाल लघुबित्त साझा जागरण अभियानका पर्सा र रौतहटका इन्चार्ज प्रकाश चौधरीले गरिब र भूमिहिनप्रति दाया गर्न सरकारसंग अनुरोध गर्नुभएको छ । उहाँले लघुबित्त क्षेत्रमा देखिएका विकृति अन्त्य गर्नुपर्ने माग गर्नुभएको छ ।ऋण मिनाहाको माग गर्दै लघुबित्तका ऋणीको विरोध ¥याली धनी र हुनेखानेले लिएको ऋण असुली गरेर लघुबित्त संस्थाहरुले भूमिहिन, दलित र गरिबहरुको ऋण छानबिन गरि माफी दिन पनि इन्चार्ज चौधरीले सरकारसंग आग्रह गर्नुभएको छ । चौधरीले आफ्ना माग पुरा नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here