जनकपुरधाम –  मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको म्यान्डेट अनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार ५ वर्ष सम्म चल्ने दावी गर्नु भएको छ । नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नम्बर २ काे प्रथम वार्षिकोत्सव सभालाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो,  हल्लाको पछाडी नलाग्नुस, यो सरकार मधेश जनताको म्यान्डेटले बनेको हो, पाँच वर्ष सम्म चल्छ , न सरकार फेरिन्छ, न मन्त्री ।

 

संघीयतालाई नरुचाउने प्रतिक्रियावादी शक्तिहरु समाजवादी र राजपाबीच फुट डालेर संघीयतालाई नै सखाप पार्ने षडयन्त्र गरि रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले दुबै दलका शीर्ष नेताहरुले चयन गरेको मन्त्री फेर्ने काम नहुने स्पष्ट पार्नु भयो ।

 

यो सरकार सिक्ने क्रममा रहेको र कर्मचारी तन्त्रबाट पूर्ण सहयोग पाउन नसकेको अवस्थामा केही समस्याहरु आएको स्वीकार गर्नु हुँदै उहाँले मुलुकको संघीयता जोगाउने अभिभारा प्रदेश नं. २ माथिनै रहेकाले आफुहरु झिना मसिना कुरामा नअल्झिने समेत स्पष्ट पार्नु भयो ।

 

एक अर्को प्रसंगमा मुख्यमन्त्री राउतले गत आर्थिक वर्षको भुक्तानी गर्न कानून समस्याहरु आएकोले ढिलो हुन गए पनि अवको केही दिनमै नियमावली बनाएर भुक्तानी दिने र्तैयारी शुरु भै सकेको स्पष्ट पार्नु भयो । नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नं. २ का अध्यक्ष नन्द किशोरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले इन्जिनियर्संहरुको सेवा सुविधानको लागी प्रदेश सरकार प्रतिवद्ध रहने समेत बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here