कलैया,ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले १० किलो लागूऔषध गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा इप्रका प्रर्सौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधवार दिउसो १२ः३० बजे प्रसौनी गाउँपालिका वडा नम्बर ५ स्थित प्रष्टोकाबाट बेलहियातर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको युपी ३२ बिएक्स ४७२६ नम्बरको बोलेरो गाडीलाई रोकेर चेकजाँच गर्दा लागूऔषध गाँजा बरामद भएपछि प्रहरीले गाडी चालक भारत, उत्तर प्रदेश, कोशिनगर, थाना पटेर्वा ग्राम पञ्चायत बस्ने अन्दाजी वर्ष ३८ को धर्मेन्द्र गुप्ता, बोलेरोमा सवार उत्तर प्रदेश, शिवान थाना नौतन ग्राम पञ्चायत सेमरा बस्ने अन्दाजी वर्ष ४८ को चन्द्रभानकुशवाहा र सोही बोलेरोमा सवार उत्तर प्रदेश, जिल्ला लखनउ, नगरपालिका लखनउ भाता सरोजनीनगर एण्ड डेए कालोनी ट्रान्सपोर्ट नगर बस्ने अन्दाजी वर्ष ३२ का नाम स्पष्ट खुल्न नसकेका अर्का एकसहित ३ जनालाई पक्राउ गरेको हो ।प्रहरीले चेकजाँचको क्रममा गाडीभित्र सेतो प्लास्टिकको २ वटा पोकाभित्र लुकाई छिपाई राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद भएको जनाएको छ ।

Leave a Reply