कृपा संवाददाता

हेटौंडा – मकवानपुर प्रहरीले भदौ २० गतेबाट कार्तिक मसान्तसम्म जिल्लाको विभिन्न स्थानबाट विभिन्न मितिमा बरामद गरेको २ सय १० केजी ६६४ ग्राम लागूऔषध गाजा जलाएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले सोमबार भीमफेदी गाउँपालिका–१ स्थित केशडी खोलामा ठूलो परिणामको लागूऔषध जलाएर नष्ट गरेको हो ।

 

प्रहरीले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको उक्त गाँजासहित १३ किलो ४२ ग्राम चरेश, ६ सय ८६ ट्याब्लेट नाईट्रोभेट, १ सय ९० एम्पुल फेनारगन, १ सय ८६ एम्पुल ब्युप्रोनोर्फिन , १ सय ८९ एम्पुल डाईजेल्याब, ९ सय ९१ एमएल कोरेक्स र ८ बोतल वुइनरेक्स जलाएर नष्ट गरिएको हो ।

 

 

मकवानपुर प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, प्रहरी निरीक्षक पवन कुमार झा, भिमफेदी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्याम कुमार बल, दिपकला प्रतिष्ठान सुधार केन्द्रका प्रतिनिधि, पत्रकार, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला अदालतकाप्रतिनिधि लगायतको उपस्थितिमा उक्त लागुऔषध जलाएर नष्ट गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here