पुष्पराज खतिवडा
बारा २७ कार्तिक । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले विद्युत चुहावटमा संलग्न ५२ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रको अनुरोधमा प्राधिकरणका कर्मचारी र प्रहरीको संयूक्त टोलीले महानगढिमाई नगरपालिका ४,५,६,८ र ११ बाट चुहावटमा संलग्नलाई नियन्त्रणमा लिएको हो ।

 

 

ति वडाहरुका दहियार, बगडमपुर, मलहनी र बबुआईन गाउंमा लामो समय अघिबाट अबैध रुपमा विद्युत चुहावट हुंदै आएको थियो । पक्राउ परेकाहरुलई थप अनुन्धान गरी आवश्यक कार्वाही बढाईने बाराका प्रहरी नायव उपरिक्षक रंजितसिंह राठौरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here