बारा – जिल्ला अदालत बाराले २०३८ साल जेष्ठ २५ गतेमा गरेको फैसला आदेशपछी फरार रहेका एकजनालाई बारा प्रहरीले ३८ बर्षपछी नियन्त्रणमा लिई कार्वाही गरेको छ । चोरी मुद्दामा २ महिना कैद र १४ हजार रुपैंया जरिवाना ठहर भई फरार रहेका जिल्ला बारा करैयामाई गाउँपालिका १ मधुबनका ठगदास बटार थारूलाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

 

थारुलाई गत सुक्रबार इलाका प्रहरी कार्यालय सिहोर्वाको टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । पक्राउ परेका थारुलाई जिल्ला अदालत बारामा हाजिर गराई कैद भुक्तानको लागि कारागार कार्यालय बिरगंज पर्सामा पठाईएको प्रहरी उपरिक्षक विकाशराज खनालले जानकारी दिए ।

 

 

 

त्यसै गरी प्रहरीले १० बर्ष अघिको फैसला कार्यान्वयनका क्रममा चोरी मुद्दामा जनही १ महिना कैद र ३ हजार ३५० जरिवाना ठहर भई फरार रहेका प्रसौनी गाउँपालिका २ बस्ने बिरेन्द्र साह गोढ, अमिन मियालाई पक्राउ गरेको छ ।

 

 

जिल्ला अदालत बाराको मिति २०६६ भादै ११ गतेको फैसला कार्यान्वयनका क्रममा ईलाका प्रहरी कार्यलय प्रसौनीबाट खटिएको टोलीले आज विहान लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । गोढ र मियाँलाई अदालतकोे आदेशपछी कैद भुक्तानका लागि कारागार कार्यालय बिरगंज पर्सामा पठाईएको प्रहरीले जनाएको छ ।

 

 

 

त्यस्तै तत्कालिन पुनरावेदन अदालत हेटौडाले २०७१माघ १२ मा गरेका फैसलापछी फरार रहेका अर्का एकजनालाई समेत बारा प्रहरीले पक्राउ गरेको छ । वन पैदवार हानी नोक्सानी मुद्दामा १ वर्ष कैदसँगै ४५हजार ६६रुपैंया जरिवाना ठहर भई फरार रहेका जिल्ला बारा कोल्हवी नगरपालिका ८ बस्ने जगदिश चौधरी गत सूक्रबारा इलाका प्रहरी कार्यालय सिहोर्वाले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेका हो ।

 

 

 

पक्राउ परेका चौधरीलाई जिल्ला अदालतबाराको आदेशमा तोकिएको कैद तथा जरिवाना वापतको कैद भुक्तानको लागि कारागार कार्यालय बिरगंज पर्सामा पठाईएको उपरिक्षक खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here